रूवी खानसँग भएका सम्झौता कार्यान्वयनको प्रगति माग्दै गृह मन्त्रालयलाई आयोगको पत्र

रूवी खानसँग भएका सम्झौता कार्यान्वयनको प्रगति माग्दै गृह मन्त्रालयलाई आयोगको पत्र

अर्थ चौतारी

रूवी खानसँग भएका सम्झौता कार्यान्वयनको प्रगति माग्दै गृह मन्त्रालयलाई ...

A A- A+

निर्मला कुर्मीको न्यायका लागि आन्दोनमा रहेकी रूवी खानको समूहसँग भएका सम्झौता कार्यान्वयनको प्रगति माग्दै मानव अधिकार आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।रूवी खानलगायत महिलाहरूले कुर्मीलाई न्याय दिन माग गर्दै वर्षौंदेखि अनशन तथा प्रदर्शन गर्दै आएका छन् । मानव अधिकार आयोगले आन्दोलनको अनुगमन गरेपछि गृह मन्त्रालयलाई सम्झौता कार्यान्वयनको प्रगति ७ दिनभित्र उपलब्ध गराउन माग गर्दै पत्राचार गरेको हो ।बाँकेकी निर्मला कुर्मीको अपहरण तथा सम्पत्ति कब्जा भएको विषयमा न्यायको मागसहित खानको समूहले २०७८ सालदेखि काठमाडौंमा प्रदर्शन गर्दै आइरहेको छ ।कुर्मीको घटना छानबिनका लागि २०७८ कात्तिकमा गृह मन्त्रालय अन्तर्गत छानबिन समिति गठन भएको थियो । उक्त समितिको प्रतिवेदनमा दोषीलाई प्रकाउ गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।यसका साथै सरकारी प्रतिनिधि र आन्दोलनमा रहेको समूहबीच सम्झौताहरू भए पनि कार्यान्वयन हुन सकेको छैन ।आयोगको पत्रमा भनिएको छ, ‘अतः उक्त घटनाको सम्बन्धमा प्रदर्शनकारी र गृह मन्त्रालयबीच भएका सम्झौताहरू एवं उल्लेखित प्रतिवेदनको कार्यान्वयनमा भएका प्रगतिबारे ७ दिनभित्र जानकारी उपलब्ध गराइदिन हुन नेपालको संविधानको धारा २४९ र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१ (१) बमोजिम अनुरोध छ ।’समितिको सिफारिस कार्यान्वयनको समेत माग राखी २५ जेठदेखि देखि रुबी खान काठमाडौंमा अनशन बसिरहेकी छन् । आयोगको टोलीले ५ असारमा खानको अवस्थाबारे अनुगमन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?