साफ यु–२० च्याम्पियनसिप : सेमिफाइनलमा भोलि नेपाल र भुटान खेल्ने

साफ यु–२० च्याम्पियनसिप : सेमिफाइनलमा भोलि नेपाल र भुटान खेल्ने

अर्थ चौतारी

साफ यु–२० च्याम्पियनसिप : सेमिफाइनलमा भोलि नेपाल र भुटान ...

A A- A+

काठमाडौं– साफ यु–२० च्याम्पियनसिप फुटबलमा आइतबार नेपाल र भुटानबीच सेमिफाइनल खेल हुँदैछ ।खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।नेपाल समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।समूह ‘बी’ को अन्तिम खेलमा हिजो भारतले माल्दिभ्सलाई पराजित गरेसँगै नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको हा।समूह ‘ए’ मा नेपाल विजेता र बंगलादेश उपविजेता तथा समूह ‘बी’ मा भारत विजेता र भुटान उपविजेता बनेका हुन् ।दोस्रो सेमिफाइनलमा सोमवार भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?