सुर्खेत । सुर्खेत प्रहरीले मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौँ लिएर जाँदै गरेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरस्थित तीनकुने चोकबाट प्रहरीले बालबालिकासहित नाम्गेल छिरिङ नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार उनले वडाबाट ल्याएको सिफारिस देखाए पनि सबैको सिफारिस छैन । यसबारे सोध्दा छिरिङले बोली पटक–पटक बदलिरहेको भन्दै प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । बसमा हालेर बालबालिकालाई रातारात काठमाडौँ लैजान लागेको शङ्कापछि प्रहरीले नियन्त्रणमा लिएर सोधखोज गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी नायव निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार १६ बालिका र बाँकी बालक छन् । ‘हामीले नियन्त्रणमा लिएर उनीहरूको डकुमेन्ट के छ, अभिभावको मन्जुरी छ कि छैन, कसरी ल्याइएको हो भन्ने विषयमा हामीले सम्बन्धित ठाउँहरुमा बुझ्दै छौँ,’उनले भने, ‘केही डकुमेन्ट भएपनि आधिकारिक हो वा हैन भन्ने विषयमा बुझ्दै छौँ ।’जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बालबालिका ल्याउने व्यक्तिले काठमाडौँको कुन ठाउँमा लैजाने भन्ने विषयमा पनि प्रस्ट खुलाउन नचाहेको बताए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच