पृथ्वी राजमार्गको घाँसीकुवामा पहिरोले सडक अवरुद्ध

पृथ्वी राजमार्गको घाँसीकुवामा पहिरोले सडक अवरुद्ध

अर्थ चौतारी

पृथ्वी राजमार्गको घाँसीकुवामा पहिरोले सडक अवरुद्ध

A A- A+

तनहुँ– पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवामा पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ ।बुधबार साँझ मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो गएको थियो ।प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आज बिहानैदेखि सडकको दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए ।पहिरो हटाउन सडक विस्तारको ठेकेदार कम्पनी र नेपाली सेनाको टोली खटिएको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँले पहिरोले मुख्य सडक बन्द भएकाले सवारी साधनहरुलाई वैकल्पि मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँले साना तथा मझौला सवारी साधनहरूलाई दमौलीतर्फबाट आउनु परेमा तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवाको रुट प्रयोग गर्न भनेको छ । यस्तै, घाँसीकुवातर्फबाट दमौलीतर्फ जानु परेमा घाँसीकुवा, पोल्याड, रानीगाउँ हुँदै तालघरे निस्किन सकिने जनाइएको छ ।ठूला सवारी साधनको हकमा डुम्रे–बेसीशहर सडकखण्ड प्रयोग गरेर पोखरा आउ–जाउ गर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?