टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

अर्थ चौतारी

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

A A- A+

काठमाडौं- प्रतिबन्धको १० महिनापछि सरकारले चिनियाँ मल्टिमिडिया प्लेटफर्म टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गरेका थिए। उनको प्रस्तावअनुसार सरकारले टिकटमाथिको प्रतिबन्ध हटाएको हो।

टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिएका थिए। टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि उनले बिहीबार मन्त्रिपरिषद्मा प्रस्ताव लागे । उनको प्रस्तावअनुसार मन्त्रिपरिषद्ले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

मन्त्री गुरुङले टिकटमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय भएको पुष्टि खबरहबसँग गरे । प्रधानमन्त्री केपी शर्मा ओली पनि टिकटक खुलाउन सहमत भएसँगै गुरुङले उक्त प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । उक्त प्रस्ताव मन्त्रिपरिषद्‍बाटै पास भएसँगै अब २०८० कात्तिक २७ अघि जस्तै नेपालमा टिकटक चलाउन पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?