काठमाडौं । स्याङ्जामा ट्याक्टर चालकले सहचालकको हत्या गरेका छन् ।दाङको राप्ती गाउँपालिका–३ घर भई वालिङ नगरपालिका–१३ मा बस्ने ३५ वर्षीय निम बहादुर घर्तीमगरले सहचालक २० वर्षीय आयुष चौधरीलाई चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
ट्याक्टरमा सँगै काम गर्ने मजदुरहरु बिच गएराती लेनदेनको विषयमा विवाद भएको थियो ।विवादका क्रममा चक्कु प्रहारबाट घाइते भएका चौधरीलाई उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
स्थानीय मुक्ति सारूको घरमा डेरा गरी बस्ने दुबै जनाको घर दाङको राप्ती गाउँपालिका हो ।चक्कु प्रहार गर्ने निम बहादुर घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच