काठमाडौंमा उत्रिएलगत्तै अमेरिकी मन्त्रीले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडौंमा उत्रिएलगत्तै अमेरिकी मन्त्रीले भेटे प्रधानमन्त्री ओलीलाई

अर्थ चौतारी

काठमाडौंमा उत्रिएलगत्तै अमेरिकी मन्त्रीले भेटे प्रधानमन्त्री ओलीलाई

A A- A+

काठमाडौं– संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप-विदेशमन्त्री रिचार्ड आर बर्माले काठमाडौं उत्रिनेबित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गरेका छन् । शुक्रबार मध्यान्ह काठमाडौं उत्रिएका उनले सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग संवाद गरेका हुन् । नेपाल भ्रमणका क्रममा उनले सरकारको नेतृत्व, युएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने अमेरिकी दूतावासले जनाएको छ । नेपाल भ्रमण सकेपछि उनी भारत प्रस्थान गर्ने कार्यक्रम छ । नयाँ सरकार बनेपछि यो अमेरिकाबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?