विष्णु माझीले दशैंको गीत पनि ल्याउने

विष्णु माझीले दशैंको गीत पनि ल्याउने

अर्थ चौतारी

विष्णु माझीले दशैंको गीत पनि ल्याउने

A A- A+

काठमाडौं । गायिका विष्णु माझीले दशैंको गीत पनि ल्याउने भएकी छन् । तीजमा गीत सार्वजनिक गरेको महिना दिनपछि उनको नयाँ गीत सार्वजनिक हुने तयारीमा छ ।

विष्णुको नयाँ गीतको उत्पादनमा सक्रिय स्रोतले दिएको जानकारी अनुसार दशैंअघि उनको ‘दशैं गीत’ आउनेछ । गीतमा विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत छ । अहिले यो गीत उत्पादनको काम भइरहेको छ । तर चर्चामा आएजस्तो १० वटा गीत ल्याउने हल्लालाई स्रोतले खण्डन गरेको छ । ‘उहाँले दशैं गीत ल्याउँदै हुनुहुन्छ । श्रोता-दर्शकले घटस्थापना आसपासमा गीत सुन्न पाउनेछन्’ स्रोतले भन्यो, ‘१० वटा गीत ल्याउने भन्ने कुरा चाहिं त्यति परिपक्व खबर होइन ।’ विष्णु माझीको पछिल्लो तीज गीत ‘आइन आमा यो तीजमा’लाई अहिलेसम्म युट्युबमा १ करोड ६५ लाख पटक हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?