काठमाडौं– लुम्बिनी लायन्सविरुद्ध जावाफी ब्याटिङमा उत्रिएको विराटनगर किङ्सका ओपनर लोशक बमले अर्धशतक पूरा गरेका छन् ।
लुम्बिनीले दिएको १९२ रनको चुनौती पछ्याउने क्रममा टप अर्डरका अरु ब्याटर फ्लप हुँदा लोकेशले विराटनगरलाई सम्हालेका हुन् ।
उनले ३६ बलमा २ छक्का र ४ चौका प्रहार गर्दै ५२ रन बनाएर अर्धशतक पूरा गरेका हुन् ।
उनी जारी एनपीएलमा अर्धशतक पूरा गर्ने सातौँ ब्याटर बनेका छन् । यसअघि शिखर धवन, रवि बोपारा, दीपेन्द्र सिंह ऐरी, अनिल साह, लाहिरु मिलान्था र मार्टिन गप्टिलले अर्धशत प्रहार गरेका थिए ।
लोकेश ताजा अवस्थामा ४२ बलको सामना गर्दै ६४ रन बनाएर क्रिजमा छन् । उनलाई बसिर अहमदले १८ बलमा ३० रन बनाउँदै साथ दिइरहेका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच