दूधकोशीमा बाढी : प्रहरी भन्छ, मानवीय क्षतिको विवरण आएको छैन

दूधकोशीमा बाढी : प्रहरी भन्छ, मानवीय क्षतिको विवरण आएको छैन

अर्थ चौतारी

दूधकोशीमा बाढी : प्रहरी भन्छ, मानवीय क्षतिको विवरण आएको ...

A A- A+

काठमाडौं– सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो आएको भीषण बाढीले दुईवटा होटल र एउटा होस्टेल बगाएको प्रहरीले जनाएको छ ।

बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामे गाउँमा पसेको हो । त्यहाँका दुईवटा होटल र एउटा होस्टेल बगाएको प्रहरीको प्रारम्भिक जानकारी आएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एव वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए ।

‘बाढीका कारण मानवीय क्षति भएको जानकारी अहिलेसम्म पाएका छैनौँ’, वरिष्ठ प्रहरी उपरीक्षक दाहालले भने, ‘प्रहरी टोली घटनास्थल जाँदैछ, तीन चार घण्टा घटनास्थल पुग्न लाग्छ। दाहालका अनुसार हिमपहिरो गएको भन्ने जानकारी आएको बताए । सोलुखुम्बु सदरमुकामबाट थामे गाउँ पुग्न ४ दिन लाग्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?