जापान आयोजना हुने २० औँ एशियाली खेलकुदका लागि ३० खेलहरु दर्ता

जापान आयोजना हुने २० औँ एशियाली खेलकुदका लागि ३० खेलहरु दर्ता

अर्थ चौतारी

जापान आयोजना हुने २० औँ एशियाली खेलकुदका लागि ३० ...

A A- A+

काठमाडौँ। आगामी सेप्टेम्बरमा जापान आयोजना हुने २० औँ एशियाली खेलकुदका लागि ३० खेलहरु दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एशियाली खेलकुदका लागि खेलहरु दर्ता गर्न दिइएको समयसिमाभित्र ३० वटा खेलहरु दर्ता भएको जानकारी दिएको हो ।

युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई खेलहरु दर्ता गर्नका लागि पत्रचार गरेपनि कुनै प्रतिक्रिया नआएको कमिटीका महासचिव राजीव श्रेष्ठले बताए । दर्ताका लागि सिफारिस नभएको खेलहरुलाई समावेश नहुने भन्दै यस विषयमा सरकारसँग थप छलफल गर्ने उँहाले बताए।

यसैगरी अक्टोबर २२ देखि ३१ सम्म बहराइनमा हुने थर्ड युथ एसियन गेम्सको सन्दर्भमा पनि खेलकुद मन्त्रालयमा पत्रचार गरेको र यसमा पनि कुनै जवाफ नआएको उनले बताए। कुन कुन खेललाई समेट्ने भन्ने बारेमा मन्त्रालयलले कुनै समन्वय नगरेको कमिटीले आरोप लगाएको छ। एसियन गेम्सका लागि जुलाई २१ सम्म नेपाली टिमले दर्ता गरिसक्नुपर्ने पनि कमिटीले जनाएको छ । जीवनराम श्रेष्ठले अवैधानिक हिसाबले तेस्रो कार्यकालका लागि ओलम्पिक कमिटीको अध्यक्ष बनेको भन्दै कुनै सहकार्य नगर्ने मन्त्रालयले बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?