बिपीनको रिहाइ माग गर्दै महेनद्रनगरमा हस्ताक्षर संकलन

बिपीनको रिहाइ माग गर्दै महेनद्रनगरमा हस्ताक्षर संकलन

अर्थ चौतारी

बिपीनको रिहाइ माग गर्दै महेनद्रनगरमा हस्ताक्षर संकलन

A A- A+

काठमाडौं- इजरायलमा आतंकवादी समूह हमासद्वारा बन्दी बनाइएका बिपीन जोशीको रिहाइको माग गर्दै कञ्चनपुरको महेनद्रनगरमा हस्ताक्षर संकलन गरिएको छ ।

सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको आह्वानमा बिपीनको गृहजिल्ला कञ्चनपुरमा रिहाइका लागि सरकारलाई दबाब दिन हस्ताक्षर संकलन गरिएको हो ।

‘कञ्चनपुरको भीमदत्त–३ का विद्यार्थी भाइ बिपीन जोशीको रिहाइका निमित्त अनेरास्ववियु सुदुरपश्चिम प्रदेश कमिटिको आयोजनामा वृहत् हस्ताक्षर संकलन अभियान सुरुवात भएको छ,’ एमाले कञ्चनपुरका नेता महेश पन्तले भने, ‘त्यस अन्तर्गत आज अनेरास्ववियु कञ्चनपुरद्वारा हस्ताक्षर संकलन गरिएको छ ।’

गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा अध्ययनका लागि गएका बिपीन अपहरणमा परेका थिए । उनको अवस्था अझैसम्म अज्ञात छ ।यसअघि युद्धविरामका क्रममा हमासले थाइल्यान्ड, फिलिपिन्ससहितका केही विदेशी बन्धकलाई रिहा गरे पनि नेपाली नागरिक बिपीन रिहा भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?