कक्षा १२ मा सोचेजस्तो नतिजा नआए हरेस नखानु, म साथमा छु : सुमना श्रेष्ठ

कक्षा १२ मा सोचेजस्तो नतिजा नआए हरेस नखानु, म साथमा छु : सुमना श्रेष्ठ

अर्थ चौतारी

कक्षा १२ मा सोचेजस्तो नतिजा नआए हरेस नखानु, म ...

A A- A+

काठमाडौं : पूर्वशिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कक्षा-१२ को नतिजा सोचेजस्तो नआएका हरेस नखान आग्रह गरेकी छन्। आज (शुक्रबार) सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै उनले अवसर धेरै भएकाले हरेस नखानु भनेकी हुन्। उनले भनेकी छन् ‘भाइबहिनीहरू आफूले सोचेको जस्तो ठ्याक्कै रिजल्ट आएन भने पनि हरेस नखानुस्,धेरै अवसरहरू अझै छ,रि एक्जाम,रि टोटलिङ गर्न सकिन्छ, र सोचेजस्तो नतिजा ल्याएका भाइबहिनीहरूले पनि पछि के गर्ने ? भन्ने अन्योलमा भए आफूभन्दा सिनियरसँग कुरा गर्नुस्,भिडियो लिंक राखेको छु हेर्नुस्, म सिधै तपाईंहरूको साथम छु।’ आज गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा-१२ को परीक्षा नतिजा सार्वजनिक भएकाे छ। परीक्षामा ४ लाख ९१ हजार ६१ जना विद्यार्थी सहभागी थिए। परीक्षामा करिब ५३ प्रतिशत (५२.९१ प्रतिशत ) उत्तीर्ण भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?