दूधकोशीमा भीषण बाढी, थामे गाउँमा ठूलो क्षति, हिमपोखरी फुटेको आशंका

दूधकोशीमा भीषण बाढी, थामे गाउँमा ठूलो क्षति, हिमपोखरी फुटेको आशंका

अर्थ चौतारी

दूधकोशीमा भीषण बाढी, थामे गाउँमा ठूलो क्षति, हिमपोखरी फुटेको ...

A A- A+

काठमाडौं- सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ । दूधकोशीको बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामेनजिकै पुगेको छ। यो बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्‍मा छिरिङ शेर्पाले खुम्बुकै थामे क्षेत्रमा हिमपोखरी फुटेको आशंका गरेका छन् । उनका अनुसार क्षतिको थप विवरण आउन बाँकी । शेर्पाले दूधकोशीको तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्कता अपनाउन अपील गरेका छन् । ‘दूधकोशीमा ठूलो बाढी आइरहेकोले दुवै किनार क्षेत्रमा रहनुहुने सबैलाई सचेत रहन आग्रह गर्दछु’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?