इण्डियन आइडल विजेता पवनदीप सवार कार दुर्घटना

इण्डियन आइडल विजेता पवनदीप सवार कार दुर्घटना

अर्थ चौतारी

इण्डियन आइडल विजेता पवनदीप सवार कार दुर्घटना

A A- A+

एजेन्सी । इण्डियन आइडल १२ का विजेता पवनदीप राजन सवारी दुर्घटनामा परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी चम्पावतबाट दिल्लीतर्फ जाँदै गर्दा उत्तर प्रदेशको गजरौला क्षेत्रमा दुर्घटनामा परेका हुन् ।

हाइवेमा सीओ कार्यालयअगाडि रहेको एक क्यान्टर गाडीको पछाडि पवनदीप चढेको कार ठोक्किएको बताइएको छ । यस दुर्घटनामा उनका दुवै हात र खुट्टा भाँचिएको भएको छ । सामाजिक सञ्जालमा अस्पतालबाट लिइएको एक फोटो समेत भाइरल भएको छ, जहाँ उनी बेडमा उपचाररत अवस्थामा देखिन्छन् ।

कार पूरै क्षतिग्रस्त भएको छ । सो गाडीमा पवनदीपसँगै उनका दुई साथी पनि सवार थिए, जो दुवै गम्भीररूपमा घाइते भएका छन् ।

दुर्घटनापछि प्रहरी घटनास्थलमा पुगेको र क्षतिग्रस्त गाडीलाई हटाउँदै सबै घाइतेहरूलाई तत्कालै नजिकैको एक निजी अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?