काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश समितिले आकस्मिक बैठक डाकेका छन् । पार्टी सभापतिलाई प्रहरीले पक्रनसक्ने अवस्था रहेको जनाउँदै प्रदेश सभापतिहरुले बैठक बोलाएका हुन् ।
मधेसका महामन्त्री मनिषकुमार साहले मातहतको पार्टी संरचनामा बैठकका लागि सर्कुलर जारी गरेका छन् । सत्ता पक्षले गैरराजनीतिक कदम उठाउन सक्ने सम्भावना रहेकाले तयार रहन उनले पार्टी समर्थकलाई सर्कुलर गरेका छन् । झाले जुम मिटिङ बोलाएका छन् । ‘सबै जिल्ला, पालिका, वार्डको जिम्मेवारी रहेका नेतृत्वहरु तयारी अवस्थामा बसौं,’ झाले प्रदेश मातहतका कार्यकर्तालाई लेखिएको मेसेजमा भनिएको छ ।
सभापति पक्राउ परेपछि आइपर्ने जस्तासुकै चुनौतीलाइ सामना गर्न आन्तरिक रुपमा तत्कालीन रणनीति तयार गर्नुपर्ने भएकाले आवश्यकका लागि जुम मिटिङ बोलाएको साहले मेसेजमा लेखेका छन् । साँझ ५ बजे बोलाइएको मिटिङमा प्रदेश समिति, जिल्ला संयोजक, उप संयोजक, पालिका समिति, निर्वाचन क्षेत्र समिति, प्रदेश विभागका सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।
लुम्बिनीका महामन्त्री नीलराज अधिकारीले पनि प्रदेश समितिको आकस्मिक बैठक बोलाएका छन् । कुनै पनि बेला सभापति रवि लामिछानेलाई सरकारले पक्रन सक्ने कार्यकर्तालाई मेसेज गरेका छन् । पुराना राजनीतिक दलका मुठ्ठीभर दलालहरुले आफ्नो राजनीतिक रोटी सेक्न गैरराजनीतिक कदम उठाउन सक्ने सम्भावना रहेको जनाउँदै प्रदेश महामन्त्री अधिकारीले तयारी अवस्थामा रहन मातहतको संरचनामा सर्कुलर जारी गरेका छन् ।
‘सबै जिल्लाका तत् तत् जिम्मेवारीका नेतृत्वहरु तयारी अवस्थामा बसौं र आइपर्ने जस्तासुकै चुनौतीलाइ सामना गर्न आन्तरिक रुपमा तत्कालीन रणनीति तयार गर्नपर्ने भएकाले आवश्यक तयारी अवस्थामा रहन सूचित गरिन्छ,’ अधिकारीको सकुर्लरमा भनिएको छ । अधिकारीले शुक्रबार राति ८:३० बजे जुम मिटिङ बोलाएका छन् ।
पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले केन्द्रीय कार्यालयमा भेला हुन कार्यकर्तालाई आग्रह गरेकी छन् । सामाजिक सञ्जालमा संग्रौला लेख्छिन्,‘काठमाडौ हुने रास्वपाका मित्रहरु चाँडोभन्दा चाँडो केन्द्रीय कार्यालयमा भेला भैदिनु होला । साथै ७७ जिल्लाबाटै रास्वपा टीम तयारी अवस्थामा बस्नु होला ।’
काभ्रेका रास्वपा सभापति प्रविन कुमार ढकालले पनि केन्द्रीय कार्यालयमा भेला हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पार्टी शुभेच्छुकलाई भनेका छन्,‘मिडिया ट्रायल गरेर पार्टी सभापति माथि प्रतिशोध साँध्न खोजेको स्पष्ट देखिन्छ ।’

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच