काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको तीव्रता ६.९ मापन भएको छ । भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ । जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन । गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा भूकम्प जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको तीव्रता ७.६ थियो । बीबीसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा भनिँदैन । जमिनको कम्पनको आधारमा मापन गरेर त्यसको आधारमा एकदेखि सातसम्म मान दिइन्छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच