१४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

१४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

अर्थ चौतारी

१४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

A A- A+

भोजपुर : १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका-८ पात्लेपानी बस्ने ४५ वर्षीय भक्त बहादुर थापा रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। थापाले ती बालिकालाई गत भदौ १० गते राति बलात्कार गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। बालिकालाई स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था पठाइएको छ भने यस सम्बन्धमा हरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?