काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिले प्रतिवेदनसहित संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरिएको हो ।समितिका सभापति विमला सुवेदीले प्रतिवेदनसहित विधेयक पेस गरेकी हुन् । यो विधेयक शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सदनमा ल्याइएको हो ।यस्तै, बैठकमा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८० पनि पेस भएको छ । समितिका सभापति दिपकबहादुर सिंहले प्रतिवेदन पेस गरेका हुन् ।साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिको वार्षिक प्रतिवेदन, २०८१ पनि सदनमा पेस गरे ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच