’11Hr: Section A’ को फर्स्ट टिजर सार्वजनिक

’11Hr: Section A’ को फर्स्ट टिजर सार्वजनिक

अर्थ चौतारी

’11Hr: Section A’ को फर्स्ट टिजर सार्वजनिक

A A- A+

अमीर के.सी,काठमाडौ :-नेपालको लघु चलचित्र क्षेत्रमा नयाँ थपिएको फिल्म '11Hr: Section A' को फर्स्ट टिजर सार्वजनिक भएको छ। बिश्व शर्मा (Bishow Sharma) को आधिकारिक युट्युब च्यानलमार्फत टिजर रिलिज गरिएको हो।

यस चलचित्रमा युवाहरूको स्वतन्त्र जीवनयापन र करियर विकासको यात्रा प्रस्तुत गरिएको छ, जुन उनीहरूले सोचेभन्दा कठिन साबित हुन्छ। फिल्ममा एलिशा बास्तोला, अञ्जन थापा, मिस्टर काजी, कविता न्यौपाने, शयनम अधिकारी, निशान परियार, शिव अधिकारी, राजन अधिकारी, विश्व शर्मा, निश्चल पौडेल, सार्थक, र सुनील को अभिनय रहेको छ।

चलचित्रको लेखन, छायांकन र निर्देशन शयनम अधिकारी ले गरेका छन्। सिनेमाटोग्राफी (DOP) जितु तामाङ, सहायक निर्देशक रवि भुजेल, निर्माता विश्व शर्मा, ब्याकग्राउन्ड म्युजिक द सम्राट साउन्ड, साउन्ड मिक्सिङ समिर कार्की, मेकअप पार्वती तामाङ र अर्चना, एसएफएक्स अर्चना परियार, र पोस्ट प्रोडक्शन ब्राइटलाइट पिक्चर्स ले गरेको छ।

फर्स्ट टिजर सार्वजनिक भएसँगै दर्शकहरूमा फिल्मप्रति उत्सुकता बढेको छ। चलचित्रको पूर्ण रिलिज मिति भने घोषणा गरिएको छैन। Bishow Sharma को युट्युब च्यानलमा टिजर हेर्न सकिन्छ।https://youtu.be/IIlKgLN7tpo?si=V_bD8Cp_gIxZjyaJ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?