सुदूरपश्चिम रोयल्सले दियो विराटनगर किंग्सलाई १८३ रनको विशाल लक्ष्य, दीपेन्द्रको शानदार अर्धशतक

सुदूरपश्चिम रोयल्सले दियो विराटनगर किंग्सलाई १८३ रनको विशाल लक्ष्य, दीपेन्द्रको शानदार अर्धशतक

अर्थ चौतारी

सुदूरपश्चिम रोयल्सले दियो विराटनगर किंग्सलाई १८३ रनको विशाल लक्ष्य, ...

A A- A+

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई सुदूरपश्चिम रोयल्सले १८३ रनको विज

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित्र त्रिवि क्रिकेट मैदानमा टस हारेर सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शानदार अर्धशतक पूरा गरे । उनले २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाए । उसका लागि ब्रान्डनले ३६ रन बनाए । २६ रनको सामना गरेका उनले दुईदुई चौका र छक्काको मद्दतमा ३६ रन जोडेका हुन् । विनोद भण्डारीले २० बलमा चार चौकाको मद्दतमा २३ रन बनाए । इशन पाण्डेले १६ बलम दुई चौका र एक छक्काको मद्तमा २१ रन बनाए । सैफ जैब १५, स्कट कुग्गेलिजन १०, आरिफ शेखले ९ रन बनाएको खेलमा अमित श्रेष्ठले १ रनमा आउट भएका थिए ।

विराटनगरका लागि अनिल खरेलले चार ओभरमा २६ रन खर्चिएर महत्त्वपूर्ण तीन विकेट लिए । क्रिस सोल, इस्मत आलम र बसिर अहमेदले एकएक विकेट हात पारे । यी लक्ष्य पेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?