जनआन्दोलनबाट उदाएका दुई शक्तिको एकता, वैशाख १७ मा ऐतिहासिक घोषणा हुँदै

जनआन्दोलनबाट उदाएका दुई शक्तिको एकता, वैशाख १७ मा ऐतिहासिक घोषणा हुँदै

अर्थ चौतारी

जनआन्दोलनबाट उदाएका दुई शक्तिको एकता, वैशाख १७ मा ऐतिहासिक ...

A A- A+

काठमाडौँ। नेपाली राजनीतिमा नयाँ युगको संकेत दिँदै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले वैशाख १७ गते एकता घोषणा गर्ने भएका छन्। दुबै पार्टी जनआन्दोलन, पहिचान र सामाजिक न्यायको मुद्दाबाट उठेका शक्तिहरू हुन्, जसको मिलनलाई ऐतिहासिक मोडको रूपमा हेरिएको छ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको सचिवालयले एकता प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिंदै भनेको छ, “धेरै पार्टी/शक्तिहरूको अहिले निद्रा उडेको छ। जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदाउँदै छ।”

सचिवालयले पार्टी एकता रोक्नका लागि धम्की र दवाव सिर्जना भएको दाबी गर्दै भन्यो, “परिवारमा झगडा लगाउनेदेखि रेशम चौधरीलाई पुनः पक्राउ गर्ने धम्की आएको छ। तर हामी नआत्तिएका छौं, जनताको आकांक्षा अनुसार एकता गरिन्छ।”

राजनीतिक विश्लेषकहरूका अनुसार, मधेस, थारू लगायत उत्पीडित समुदायको प्रतिनिधित्वलाई यो एकताले थप बलियो बनाउनेछ, र आगामी चुनावी समीकरणमा गहिरो प्रभाव पार्न सक्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?