चार विषयमा रास्वपाको छलफल जारी, जलनसम्बन्धी गैरसरकारी विधेयक लैजाने

चार विषयमा रास्वपाको छलफल जारी, जलनसम्बन्धी गैरसरकारी विधेयक लैजाने

अर्थ चौतारी

चार विषयमा रास्वपाको छलफल जारी, जलनसम्बन्धी गैरसरकारी विधेयक लैजाने

A A- A+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा चार विषयमा छलफल जारी छ । जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ताको तयारीमा रहेको रास्वपाले अन्तिम छलफल गरिरहेको र आजै दर्ता गर्ने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

यस्तै, संसद्को कानुन न्याय तथा मानवअधिकार समितिले सर्वसम्मत पारित गरेको संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयक सर्वसम्मतिले संसद्मा पठाएकोमा अब पनि सर्वसम्मत अघि बढाउन नेताहरूले त्यही ढंगले बोल्ने निर्णय भएको प्रमुख सचेतक परियारले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणको बक्यौता उठाउनुपर्ने धारणा राखेको रास्वपाले भ्रष्टाचारमा हदम्याद राख्ने कुराको विरोध गर्ने निर्णय गरेको छ ।

“निश्चित सयमको हदम्याद राखेर विगतमा गरेका भ्रष्टाचारका काण्डबाट उम्कने प्रयास स्वीकार नगर्ने निर्णय भएको छ,” परियारले भने, “भ्रष्टाचारका काण्डमा उम्कने प्रयास गर्ने केही पार्टीका नेताहरूलाई यसले राम्रो गर्ने छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?