दुई दिने नेपाल भ्रमण सकेर फर्किए कतारका राजा थानी

दुई दिने नेपाल भ्रमण सकेर फर्किए कतारका राजा थानी

अर्थ चौतारी

दुई दिने नेपाल भ्रमण सकेर फर्किए कतारका राजा थानी

A A- A+

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन ।

नेपालमा दुई दिने भ्रमणका क्रममा दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गरेका छन।

राजा थानीलाई बिदाई गर्न राष्ट्रपति पौडेल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिय । उनको बिदाई गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे लगायत मन्त्रीहरु पनि विमानस्थलमा पुगेका थिए ।

राजा थानीले नेपालमा रहँदा मंगलवार साँझ राष्ट्रपति रामचन्द्र पौडेल र बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?