चौधरी ग्रुपको नाममा रहेको बाँसबारीको १० रोपनी जग्गा खाली गर्न महानगरको निर्देशन

चौधरी ग्रुपको नाममा रहेको बाँसबारीको १० रोपनी जग्गा खाली गर्न महानगरको निर्देशन

अर्थ चौतारी

चौधरी ग्रुपको नाममा रहेको बाँसबारीको १० रोपनी जग्गा खाली ...

A A- A+

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाँसबारीस्थित अरूण चौधरीसहित चौधरी ग्रुपको नाममा रहेको १० रोपनी जग्गा खाली गर्न निर्देशन दिएको छ ।

नगर प्रहरीले उक्त जग्गामा रहेको चाँदवाग स्कुलको सबै संरचना हटाएर खाली गर्न निर्देशनसहित सोमबार माइकिङ गरेको हो ।

चप्पल कारखानाको सरकारी जग्गा चौधरी ग्रुपले हडपेको भन्दै अनुसन्धान भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अरूण चौधरीलाई पक्राउसमेत गरेको थियो । सोही जग्गा सरकारले फिर्ता ल्याएसँगै जग्गा खाली गर्न निर्देशन दिएको हो ।

नगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले आगामी सोमबारभित्र सरकारी जग्गामा भएको सबै संरचना खाली गर्न निर्देशन दिएको जानकारी दिए ।

उनले भने, "हामीले यसअघि नै सोमबारसम्म खाली गर्न जानकारी गराइसकेका छौँ । सोमबारसम्म खाली नभए ताला लगाउछौँ । सरकारी जग्गामा एक मिनेटसमेत बस्ने सुविधा अरूलाई हुँदैन ।"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?