टीआरसी आयोगको पदाधिकारी छनोट समितिको बैठक बस्दै, संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी

टीआरसी आयोगको पदाधिकारी छनोट समितिको बैठक बस्दै, संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी

अर्थ चौतारी

टीआरसी आयोगको पदाधिकारी छनोट समितिको बैठक बस्दै, संक्षिप्त सूची ...

A A- A+

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्तिा पारिएका व्यक्तिको छानबिन आयोग (टीआरसी) को पदाधिकारी सिफारिस गर्न गठित समितिको बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकले संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।

सरकारले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा एक समिति गठन गरेको थियो । सो समितिले आगामी पुस २ गतेभित्रमा दुवै आयोगमा एक अध्यक्ष र चार जना सदस्यसहित पदाधिकारीको नाम सरकारलाई सिफारिस गर्नुपर्नेछ ।

दुवै आयोगको पदाधिकारी छनोट तथा सिफारिस समितिमा संस्थागत र व्यक्तिगत गरी १५६ जनाको आवेदन परेको छ । तीमध्येबाट आज संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी छ । बिहीबार साँझ यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।

तीन दलका शीर्ष नेताबीच भएको छलफलमा सहमति भने नजुटेको स्रोतले जानकारी दियो । राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्त हुने भएकाले सबै दलले आफू निकटलाई नेतृत्वमा लान चाहेका छन् । सत्य निरुपण आयोगमा नेपाली कांग्रेस र वेपत्तिा पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्वमा एमालेको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?