डेंगी संक्रमणबाट थप एक बालकको मृत्यु, संक्रमितको संख्या पाँच हजार नाघ्यो

डेंगी संक्रमणबाट थप एक बालकको मृत्यु, संक्रमितको संख्या पाँच हजार नाघ्यो

अर्थ चौतारी

डेंगी संक्रमणबाट थप एक बालकको मृत्यु, संक्रमितको संख्या पाँच ...

A A- A+

काठमाडौं । यो वर्ष (सन् २०२४) जनवरीयता डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार पछिल्लोपटक १२ अगष्टमा एक पाँच वर्षीय बालकको मृत्यु भएको हो ।

ती बालकको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईडीसीडीले जनाएको छ ।

यसअघि तनहुँका ५० वर्षीय पुरुष र झापाकी ४० वर्षीय महिलाको मृत्यु भएको थियो । ईडीसीडीका अुनसार जनवरीयता २३ अगष्टसम्म देशभर पाँच हजार ११९ जना संक्रमित भएका छन् ।

गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार १८२ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै एक हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, चितवनमा ४६८, काठमाडौंमा ४२१, कास्कीमा ४०८, पर्वतमा २७२, गोरखामा १७७, झापामा १५५ र मकवानपुरमा १०४ जना संक्रमित भएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ । यो वर्ष डेंगी ७५ जिल्लामा देखिएको छ । हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?