काठमाडौं, ९ असोज । बैङ्किङ कसुर मुद्दामा कैलालीका एक जना काठमाडौँमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्र घोडाघोडी नगर कमिटी अध्यक्ष तथा राष्ट्रिय माध्यमिक विद्यालय सुखडका व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमाल रहेको बताइएको छ ।
अनामनगर प्रहरी वृत्तले उनलाई असोज ३ गते पक्राउ गरिएको जानकारी दिएको छ । काठमाडौँ जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा कैद र जरिवाना सहितको फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार रहेका हमाललाई काठमाडौँ लुकिछिपी बसेको अवस्थामा महानगरिय प्रहरी वृत्त, अनामनगरको टोली नियन्त्रणमा लिएको अनामनगर प्रहरी वृत्त काठमाडौँ प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर शाहले जानकारी दिए । आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै हमालले ४५ लाखको चेक काटेको बुझिएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच