क्यानडामा अञ्जु पन्तलाई १० हजार दर्शकको साथ (तस्वीर)

क्यानडामा अञ्जु पन्तलाई १० हजार दर्शकको साथ (तस्वीर)

अर्थ चौतारी

क्यानडामा अञ्जु पन्तलाई १० हजार दर्शकको साथ (तस्वीर)

A A- A+

काठमाडौं । क्यानडाको टोरन्टोमा गायिका अञ्जु पन्तलाई दर्शकले भव्य साथ दिएका छन् । नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेज (एनसीसीएस)ले आयोजना गरेको ‘१६ औं हिमालय मेला-२०२४’ मा अञ्जुको गायकी सुन्न १० हजार भन्दा बढी नेपालीको सहभागिता रहेको आयोजकले बताएका छन् ।

कार्यक्रममा ओन्टारियो राज्यका पर्यटन तथा संस्कृति मन्त्री स्टान चो, टोरन्टो महानगरका मेयर ओलिभिया चोउ र क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल समेत उपस्थित थिए ।

‘प्रवासमा रहनुभएका नेपालीहरुले नेपाली गीत-संगीतलाई कति धेरै माया गर्नुहुन्छ भन्ने कुरा १६ औं हिमालयन मेला २०२४ टोरोन्टो क्यानडाले प्रमाणित गरिदिएको छ,’ कार्यक्रमपछि क्यानडाबाट अनलाइनखबरसँग अन्जुले भनिन्, ‘मेलामा १० हजार भन्दा बढी नेपालीको उपस्थिति रहेको आयोजकले बताउनुभएको छ । यो नेपालकै शान भएको छ । यति भव्य कार्यक्रम सम्भवत: पहिलोपटक हो भन्नुभयो सबैले ।’

कार्यक्रममा कुनैबेला लोकप्रिय पपगायक तिलकबम मल्ल र स्थानीय कलाकारले समेत प्रस्तुति दिएका थिए ।

तस्वीरहरु

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?