धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मन्त्रीकाे नाम टुंगाे लगाएकाे छ । एमालेले सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीलाई मन्त्री तथा निर्मला साउदलाई राज्यमन्त्री बनाउने गरी नाम टुंगो लगाएकाे एक नेताले बताए ।
यसबारे आधिकारिक निर्णय भने सोमबार दिउँसो २ बजे बस्ने संसदीय दलकाे बैठकले गर्नेछ । एमालेले मन्त्री बनाउन लागेका प्रदेश सभा सदस्यहरू यसअघि दीर्घबहादुर साेडारी नेतृत्वकाे सरकारमा सहभागी थिए ।
सुदूरपश्चिममा एमालेले भाैतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा काननु मन्त्रालय लिने सहमति भएको एक नेताले बताए । नेपाली कांग्रेसले आर्थिक मामिला र सामाजिक विकास मन्त्रालय तथा नागरिक उन्मुक्ति पार्टीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिने सहमति भइसकेकाे छ । सोमबार दिउँसो साढे ३ बजे मुख्यमन्त्री कमलबहादुर शाहले शपथ ग्रहण गर्दैछन् । सोमबार नै उनले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच