खोटाङकी एन्जल नयाँ मिस मंगोल घोषित

खोटाङकी एन्जल नयाँ मिस मंगोल घोषित

अर्थ चौतारी

खोटाङकी एन्जल नयाँ मिस मंगोल घोषित

A A- A+

काठमाडौँ । ‘मिस मंगोल नेपाल २०२४’ को उपाधि खोटाङकी २३ वर्षिया एन्जल राईले जितेकी छन् । राईले उपाधिसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । स्नातक अध्ययनरत एन्जलले अब प्रभु बैंक, नेपाल आदिवासी जनजाति महासंघ, रिडी ग्रुप लिमिटेड एवं नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दूत भई काम गर्ने अवसर समेत पाएकी छन् । एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित प्रतियोगितामा पाँचथरकी बिपिका लिम्बु फष्ट रनर अप र बाराकी शाहिशा राईले ‘मिस मंगोल मधेस’ सहित सेकेन्ड रनर अपको उपाधि चुम्न सफल भएका छन् । प्रभु बैंक प्रायोजित नेपाल आदिवासी जनजाति महासङ्घको सहकार्यमा रिडी ग्रुपको प्रस्तुति रहेको प्रतियोगितामा वरिष्ठ चलचित्र निर्देशक एवं अभिनेता नीर शाह प्रमुख निर्णायक,संस्कृतिविद् डा.भक्त राई, हास्य कलाकार मनोज गजुरेल, पूर्व मिस मंगोल जाङमु इन शेर्पा, शिक्षासेवी एवं प्याजेन्ट कोज पूर्ण लामा र स्टाफ कलेज पुल्चोकका डेपुटी डाइरेक्टर शिवहरि अधिकारी निर्णायक रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?