एमाले कांग्रेस सरकामा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएको छ । आज नाउपाका नेता रेशम चौधारीले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका हुन् ।
नाउपाका संघमा चार सांसद छन् । चौधरीले एमाले–कांग्रेसको सरकार राष्ट्रिय सहमतिको सरकार भएको हुँदा आफ्नो पार्टी सरकारमा सहभागी हुने उनले जानकारी दिए ।
माओवादी नेतृत्वको सरकारमा पनि नाउपाका चार मध्ये तीन सांसदले विश्वासको मत दिएका थिए । सरकारमा सहभागी गराउने विषयमा भने ढिलाइ भएको थियो ।
केही दिन अघि मात्रै नाउपाको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट बहुमत सदस्यले हटाउँदै गङ्गा चौधरीलाई जिम्मेवारी दिएका थिए । नेता चौधरीले अब संसदीय दलको बैठकले यस विषयमा ठोस निर्णय गर्ने बताए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच