एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता, के भयो छलफल ?

एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता, के भयो छलफल ?

अर्थ चौतारी

एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता, के भयो ...

A A- A+

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटवार्ता भएको छ। भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेलसहित अन्य नेताहरूको सहभागिता थियो।

पूर्वराष्ट्रपति भण्डारीले हालै पार्टीको सक्रिय राजनीतिमा प्रवेश गर्ने सार्वजनिक घोषणा गरेपछि एमालेभित्र यसबारे गहिरो बहस सुरु भएको छ। यति संवेदनशील निर्णयअघि पार्टीसँग छलफल नगरेको भन्दै अध्यक्ष ओली असन्तुष्ट रहेको जनाइएको छ।

शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा अधिकांश सदस्यहरूले पूर्वराष्ट्रपतिले गरिमामय हैसियतको सम्मान गर्दै सक्रिय राजनीतिमा फर्कनु उचित नहुने धारणा राखेका थिए। अबको रणनीति तय गर्न एमालेको केन्द्रीय कमिटी बैठक सोमबारदेखि बस्ने भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?