काठमाडौं । २०६४ सालबाट लगातार हरेक वर्ष दशैं गीत सार्वजनिक गर्दै आएका वरिष्ठ लोक तथा दोहोरी गायक एवं सर्जक विष्णु खत्रीले यसपटक पनि आफ्नो सिर्जना सार्वजनिक गरेका छन् । खत्रीले बिहीबार आफ्नै युट्युव च्यानलमार्फत रित्तो भकारी नामक गीन सार्वजनिक गरेका हुन् । खत्रीको यो १७औं दशैं गीत हो । विष्णु खत्री र लक्ष्मी खड्काको स्वरमा सजिएको मर्मस्पशी यस गीतको लय तथा शव्द पनि स्वयं खत्रीले नै लेखेका हुन् । दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेको गीतको भिडियोमा सुरवीर पण्डित,विद्या कार्की, चेतबहादुर सिंह, दुर्गा फुलारा र जीवन ज्ञावलीको अभिनय रहेको छ ।
यस्तो छ गीतको भिडियो

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच