नाग पूजा गरेर मनाइयो नाग पञ्चमी

नागपोखरीमा नागको पूजा गर्दै भक्तजन काठमाडौँ, २५ साउनः काठमाडौँ महानगरपालिका–१ स्थित नाग पोखरीमा अवस्थित नागको प्रतिमामा पूजा तथा दूध चढाउँदै भक्तजन । आजको दिन नागको तस्बिर घरको ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । तस्बिरः हरिराम भेटुवाल÷रासस

नाग पूजा गरेर मनाइयो नाग पञ्चमी

अर्थ चौतारी

नाग पूजा गरेर मनाइयो नाग पञ्चमी

A A- A+

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज परम्पराअनुसार घरका मूल ढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरेर मनाइएको छ । आज बिहानै गुरु पूरोहीतहरुले यजमानका घरघरमा पुगेर मूलद्वारामा नागको प्रतिमा अङ्कित तस्बिर टाँसेर पूजा अर्चना गरेका छन् ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।नागपञ्चमीका अवसरमा आज काठमाडौँका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नाग दह, कुण्ड र नाग स्थानमा विशेषरुपमा पूजाआजा गर्न भक्तजनको घुइँचो लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?