काठमाडौं, भदौ २८ । बागलुङको भुङ्खानीमा भएको जिप दुर्घटनामा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरको मृत्यु भएको छ।
गलकोट नगरपालिका २ नरेठाटीको भुङ्खानीमा आज बिहान गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परेको गाडी दुर्घटना पुथा उत्तरगंगा गाउँपालिकाका रहेको र गाडीमा गाउँपालिकाका जनप्रतिनिधि सवार रहेको प्रहरीले बताएको छ।
जसमा गाउँपालिका उपाध्यक्ष ३३ वर्षीया बुढाको मृत्यु भएको छ भने अन्य दुईजनाको सनाखन हुन बाँकी रहेको छ। लोकमार्गमा रा.१.झ.२०० नं.को सरकारी पिकअप गाडी सडकदेखि झन्डै ३०० मिटर तल खसेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच