काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर–२ स्थित काभ्रेस्थलीमा मिनी ट्रक दुर्घटना भएको छ । बा.४ ख ३२० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।मृत्यु हुनेमा काभ्रेस्थली घर भएकी २७ वर्षीय रमिला तोलाङ्गी छिन् । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । गाडी चालक सिन्धुली घर भएका २६ वर्षीय सुशील दमाई ‘रोशन’सहित पाँच जना घाइते भएका एसपी अधिकारीले जानकारी दिए ।घाइते हुनेमा सुशील दमाई, सहचालक सिन्धुली घर भएका २० वर्षीय कृष्ण तामाङ, २६ वर्षीय गोपाल दमाई, २५ वर्षीय टेकबहादुर मर्स्याङ्दी र धादिङ घर भएकी १८ वर्षीय पविता तोलाङ्गी छन् । उनीहरूको जरङ्खुस्थित मेगा ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच