काठमाडौं । नेपालमा २०३६ सालयता ४० वटा हेलिकोप्टर दुर्घटना भएका छन् । बुधबारको समेत गरी ४५ वर्षमा नेपाली आकाशमा ४० वटा हेलिकप्टर दुर्घटना भएका हुन् ।
बुधबार नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा भएको छ । चारजना चिनियाँ नागरिक बोकेर उडेको एयर डाइनेस्टी हेलिकोप्टर उडान गरेको तीन मिनेटमै काठमाडौं टावरसँग सम्पर्कविच्छेद भएको थियो ।
उक्त हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटनामा परेको हो । एयर डाइनेस्टीको कलसाइन 'नाइन एन एजेडी' रहेको हेलिकोप्टरमा चारजना चिनियाँ नागरिकसहित नेपाली पाइलट थिए ।
हालसम्म भएका ४० दुर्घटनामामध्ये २२ वटा दुर्घटनामा ९७ जनाले ज्यान गुमाएको नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ । बाँकी १८ वटा दुर्घटनामा मानवीय क्षति भएन ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच