निसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि

निसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि

अर्थ चौतारी

निसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि

A A- A+

टोकियो, २ फागुन । बिहीबार बजार बन्द भएपछि कम्पनीहरूले संयुक्त रूपमा मर्जर वार्ता समाप्त गर्ने घोषणा गरेका छन् । विश्वको तेस्रो सबैभन्दा ठूलो अटोमेकर निसानले आफ्नो लागत संरचनालाई अनुकुलन गर्ने बताएको छ ।

बिहीबार निसानको शेयर ८.१७ प्रतिशतले बढेर ४४९ येन पुगेको थियो भने होन्डाको शेयर ४.४६ प्रतिशतले बढेर एक हजार ४९८ येनमा पुगेको थियो ।

निसानले आफ्नो लागत संरचनालाई अनुकूलन गर्ने र आर्थिक वर्ष २०२६ मा कूल ४०० अर्ब येन (२.६ अर्ब अमेरिकी डलर) ले स्थिर र परिवर्तनशील लागत घटाउने योजना बनाएको जनाएको छ ।

निसानले करिब नौ हजार रोजगारी कटौतीको विस्तृत विवरण दिँदै भनेको छ, “सञ्चालनलाई व्यवस्थित गर्ने, नयाँ कर्मचारी भर्ना कटौती लागू गरेर र स्वैच्छिक पृथकिकरण कार्यक्रमहरूलाई गति दिएर विश्वव्यापी अप्रत्यक्ष दुई हजार ५०० कर्मचारी घटाउनेछ ।”

निसानले बाँकी अनावश्यक जनशक्ति कटौतीका लागि आर्थिक वर्ष २०२५ को पहिलो त्रैमासिकमा तीन वटा प्लान्ट बन्द गर्नेछ । थाइल्याण्ड र संयुक्त राज्य अमेरिकामा निर्माणस्थलहरू बन्द गर्दा आर्थिक वर्ष २०२५ मा पाँच हजार ३०० रोजगारी कटौती हुनेछ र अर्को वर्ष एक हजार २०० रोजगारी कटौती हुनेछ।

निसानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले एक विज्ञप्तिमा भने, “हामी उन्नत प्रतिस्पर्धी उत्पादनहरूको माध्यमबाट शीर्ष–लाइन वृद्धिलाई अघि बढाउँदै अधिक कुशल लागत संरचना प्राप्त गर्न समर्पित छौँ ।

निसानले शीर्ष व्यवस्थापन पदहरूमा पनि २० प्रतिशतले कटौती गर्ने जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?