रहेनन् घाटेवैद्य सुवर्ण बा

रहेनन् घाटेवैद्य सुवर्ण बा

अर्थ चौतारी

रहेनन् घाटेवैद्य सुवर्ण बा

A A- A+

काठमाडौं– पशुपति आर्यघाट सेवा केन्द्रमा अवस्थित पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका वैद्य बा सुवर्ण वैद्यको निधन भएको छ ।

ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएका वैद्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

यही असार ५ गते राती जय बागेश्वरीमा मचाः ती जात्रामा सहभागी वैद्य प्रसाद ग्रहण गरी निवास तर्फ जानेक्रममा ट्याक्सीले ठक्कर दिएको बताइएको छ ।

काठमाडौं महानगरपालिका वडा नं ८ का संस्कृतिविद, समाजसेवी, तथा पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका वैद्य, दुई पटक निर्वाचित वडा अध्यक्ष तथा राष्ट्रवादी नेवाः संगठनका सल्लाहकार समेत हुन् ।

घाटे वैद्यका नामले चिरपरिचित वैद्यले दाहसंस्कारका लागि चितामा राखिएका धेरै व्यक्तिलाई जिवनदान दिएर बचाएको इतिहास पनि छ । वैद्यको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने आर्यघाट चिकित्सालयकी नर्स कल्याणी विष्टले जानकारी दिइन् ।

उनको निधन प्रति दुःख व्यक्त गर्दै विष्टले अन्तिम अवस्थामा आर्यघाट सेवा केन्द्रमा आउने बिरामीहरूको आशाको दियो निभेको बताइन् । विष्टले भनिन्, ‘हाम्रो त पिल्लर नै ढल्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?