महिलाले समान अधिकारका लागि आवाज उठाउनुपर्छ : मन्त्री सुडी

महिलाले समान अधिकारका लागि आवाज उठाउनुपर्छ : मन्त्री सुडी

अर्थ चौतारी

महिलाले समान अधिकारका लागि आवाज उठाउनुपर्छ : मन्त्री सुडी

A A- A+

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले महिलाहरूले समान अधिकारका लागि आवाज उठाउनुपर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित बेइजिङ प्लस ३० राष्ट्रिय महिला सम्मेलनमा बोल्दै मन्त्री सुडीले विभिन्न क्षेत्रमा महिला सहभागीताको माग ४० प्रतिशत नभई ५० प्रतिशतको माग गर्नुपर्ने भन्दै समान अधिकारका लागि लड्न सुझाव समेत दिए ।

आफू पुरुष भएर पनि महिला अधिकारका लागि निरन्तर लडिरहेको उनले बताए । उनले अहिलेको शताब्दी महिलाको शताब्दी भएकाले सम्पूर्ण अधिकारको व्यवस्था समान हुनुपर्नेमा जोड दिए । मन्त्री सुडीले कानूनले मात्रै नपुग्ने भन्दै आफ्नो अधिकारका लागि आफै लड्नुपर्ने धारणा राखे ।

त्यस्तै शिक्षामन्त्री विद्या भट्टराईले समावेशी शिक्षाको धेरै आयामहरूलाई सम्बोधन गर्न शिक्षामा लगानी बढाउनुपर्ने बताइन् । उनले शिक्षा विधेयकलाई निर्माण गरेर शिक्षाभित्रका बेतिथिलाई अन्त्य गर्ने धारणा राखिन् ।

आयोजक बियोन्ड बेइजिङ कमिटी (बीबीसी)की अध्यक्ष कृष्णकुमारी वाइबाले सम्मेलनमार्फत प्राप्त उपलब्धि, चुनौती, सिफारिस, र विज्ञहरूद्वारा तयार गरिएको मसौदा दस्ताबेजको तथ्यांकहरूलाई थप समीक्षा अघि बढाइने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?