नेपाली टोलीलाई बलियो बनाउँदै लैजान्छु : प्रशिक्षक प्याट्रिक डे वाइल्ड

नेपाली टोलीलाई बलियो बनाउँदै लैजान्छु : प्रशिक्षक प्याट्रिक डे वाइल्ड

अर्थ चौतारी

नेपाली टोलीलाई बलियो बनाउँदै लैजान्छु : प्रशिक्षक प्याट्रिक डे ...

A A- A+

काठमाडौं– राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा प्याट्रिक डे वाइल्डले आफ्नो अनुभवका आधारमा नेपाली टोलीलाई बलियो बनाउँदै लैजाने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार ललितपुरस्थीत एन्फा कम्प्लेक्समा आयोजना गरेको स्वागत कार्यक्रममा आगामी खेलमा राम्रो नजिता ल्याउने गरी आफ्नो अनुभवका आधारमा नेपाली टोलीलाई बलियो बनाउँदै लैजाने बताएका हुन् । नेपालमा रहँदा उत्कृष्ट प्रशिक्षकको भूमिका निर्वाह गर्ने उनले बताए । उनले एएफसी महिला एसियन कप छनोटमा राम्रो नतिजा ल्याउने गरी प्रशिक्षणमा केन्द्रित हुने उल्लेख गरे । फुटबलमा असम्भव केही नरहेको भन्दै उनले राम्रो तयारी गर्न सके राम्रो नजिता आउने बताए ।

एन्फा प्रवक्ता सुरेश शाहले राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा प्याट्रिकसंग एक वर्षको सम्झौता गरेको जानकारी दिए । सिफारिस समितिको सिफारिस अनुसार प्याट्रिकलाई एन्फाले नियुक्त गरेको भन्दै उनले राष्ट्रिय महिला टोली थप बलियो भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

युइएफए प्रो–लाइसेन्स होल्डर प्याट्रिकले उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत लाओसविरुद्धको खेलमार्फत प्रशिक्षकको भूमिकामा नेपाली टोलीमा डेब्यु गर्ने एन्फाले जनाएको छ । सो खेल २९ जुनमा हुनेछ । नेपालले दोस्रो खेल श्रीलंका र अन्तिम खेल घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?