ढाका – बङ्गलादेशमा निजामती सेवाको रोजगारी कोटालाई लिएर विद्यार्थीहरूको विरोध प्रदर्शनका कारण भएका घातक झडपहरू रोक्न लगाइएको कर्फ्युलाई खुकुलो बनाइएपछि तयारी पोशाक कारखाना र बैंकहरू पुनः खुलेका छन् ।प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिका क्रममा प्रहरी र अस्पतालले दिएका रिपोर्टअनुसार गत साताको हिंसामा कम्तीमा एक सय ८६ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।शान्ति सुव्यवस्था कायम गर्न मुलुक वरपरका सहरहरूमा हजारौँ सैनिकले गस्ती गरिरहेका छन् र अधिकांश बङ्गलादेशी इन्टरनेटविहीन छन् ।यद्यपि धेरै दिनको अनियन्त्रित हिंसापछि सडकहरू शान्त देखिनासाथ सरकारी अनुमति प्राप्त भएपछि बङ्गलादेशको आर्थिकरूपमा महत्त्वपूर्ण कपडा कारखाना पुनः सञ्चालन भएका छन् ।कपडा उद्योगले बङ्गलादेशका लागि वार्षिक निर्यात राजस्वमा ५० अर्ब डलर उत्पन्न गर्छ । यस उद्योगबाट एच एन्ड एम, जारा, ग्याप र अन्य प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डहरूका लागि कपडा सिलाउन लाखौँ युवा महिलाहरूले रोजगारी पाएका छन् ।बङ्गलादेश गार्मेन्ट मेनुफेक्चरर्स एन्ड एक्सपोर्ट्स एसोसिएसनका प्रवक्ताले कपडा कारखानाहरूले ‘देशभर’ व्यवसाय पुनः सुरु गरेको बताए । हसिनाका गृहमन्त्री असदुज्जामान खान कपडा मजदुरहरूलाई काममा फर्कन अनुमति दिन जारी कर्फ्युबाट छुट दिन सहमत हुनुभएको एसोसिएसनका प्रवक्ताले बताए ।केही व्यवसायलाई पुनः सुरु गर्न बुधबार करफ्युलाई खुकुलो पारिएको छ तर अधिकांश बङ्गलादेशीका लागि हरेक दिन १९ घन्टासम्म करफ्यु प्रभावकारी रहन्छ । सरकारका प्रवक्ता शिबली सादिकका अनुसार बैंक, राजधानी ढाकामा स्टक एक्सचेन्ज र केही सरकराी कार्यालय पनि स्टे होम अर्डरमा दैनिक ब्रेक मिलाउन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुलेका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच