वैवाहिक करणी मुद्दामा गायक ओडले पाए सफाइ

वैवाहिक करणी मुद्दामा गायक ओडले पाए सफाइ

अर्थ चौतारी

वैवाहिक करणी मुद्दामा गायक ओडले पाए सफाइ

A A- A+

काठमाडौं– गायक रवि ओडले वैवाहिक जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका छन् । श्रीमतीले दायर गरेको मुद्दामा उनले कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाएका हुन् । अदालतका न्यायाधीश चाणकमणि अर्यालले आइतबार सो मुद्दामा फैसला सुनाएका हुन् । अदालतको वेबसाइटमा अभियोगको दाबी नपुग्ने उल्लेख गरिएको छ । गत चैत ४ गते ओडकी श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरी ४ कार्यालय झलारीमा उजुरी गरेकी थिइन् । त्यसबेला उनी कामका दौरान विदेशमा थिए । विदेशबाट फर्किएर उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । जेठ ३ गते पाँच लाख धरौटी तिरेर उनी थुना बाहिरबाट मुद्दा लड्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?