२०३० मा हुने महिला टी-२० विश्वकपमा १६ देश सहभागी हुने

२०३० मा हुने महिला टी-२० विश्वकपमा १६ देश सहभागी हुने

अर्थ चौतारी

२०३० मा हुने महिला टी-२० विश्वकपमा १६ देश सहभागी ...

A A- A+

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले महिला टी-२० विश्वकपमा १६ देशलाई समावेश गर्ने निर्णय गरेको छ । आईसीसीको बोर्ड बैठकले २०३० मा हुने टी- २० विश्वकपमा १६ देशले भाग लिन पाउने निर्णय गरेको हो । अहिले महिला टी- २० विश्वकपमा १२ देशले भाग लिँदै आएका छन् । यस अघि २००९ मा पहिलो महिला टी-२० विश्वकपमा ८ देशले भाग लिएका थिए भने २०१६ मा बढाएर १० देशले भाग लिएका थिए । त्यस्तै २०२६ मा इङल्याण्डमा हुने महिला टी-२० विश्वकपमा १२ देशले भाग लिने छन् । त्यस्तै आईसीसीले २०२६ को टी-२० विश्वकप छनौटको कट-अफ डेट २०२४ को अक्टोबर ३१ लाई तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?