गण्डकीः फ्लोर क्रस गर्ने देवकोटालाई माओवादीको कारबाही, सांसद पद गुम्यो

गण्डकीः फ्लोर क्रस गर्ने देवकोटालाई माओवादीको कारबाही, सांसद पद गुम्यो

अर्थ चौतारी

गण्डकीः फ्लोर क्रस गर्ने देवकोटालाई माओवादीको कारबाही, सांसद पद ...

A A- A+

पोखरा – फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका गण्डकीका उर्जामन्त्री फणिन्द्र देवकोटाको सांसद पद गुमेको छ। पार्टीको ह्विप नमानेको भन्दै नेकपा माओवादी केन्द्रले उनलाई कारबाही गरेको हो।माओवादीको चिह्न लिएर गोरखा–२ को प्रदेशसभा (क)बाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का फणिन्द्र देवकोटाले जेठ २८ गते फ्लोर क्रस गरेर पाण्डेलाई विश्वासको मत दिएका थिए।माओवादीले संसद सचिवालयलाई देवकोटाले राजनीतिक दलसम्बन्धी ऐनको २०७३ को दफा ३४ अन्तर्गत दल त्याग गरेको सूचना दिएको थियो।माओवादी संसदीय दलमा रहेका उनले ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि कारबाहीमा परेका हुन्। माओवादीले कारबाही गरेको पत्र सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभामा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका हुन्।मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका देवकोटाले उपहारमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पाएका छन्। संसद पद गए पनि उनी ६ महिनासम्म मन्त्री हुन भने पाउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?