महिला एसिया कप : नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

Sita Magar and Puja Mahato of Nepal during the ACC Women's T20 Asia Cup 2024 match between Pakistan and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 21, 2024. Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

महिला एसिया कप : नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

अर्थ चौतारी

महिला एसिया कप : नेपालले पाकिस्तानलाई दियो १०९ रनको ...

A A- A+

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानलाई जितका लागि १०९ रनको लक्ष्य दिएको छ ।
रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनायो ।नेपालका लागि सिता राना मगरले सर्वाधिक २६ रन बनाइन । ३० बलको सामना गरेकी उनले तीन चौका प्रहार गरिन् । त्यस्तै पुजा महत्तो र कविता जोशीले अन्तिममा महत्वपूर्ण साझेदारी गर्दा नेपालले सम्मानजनक योगफल खडा गरेको हो ।२३ बलको सामना गरेकी जोशीले नटआउट ३१ रनको योगदान दिइन् । यता ३२ बलको सामना गरेकी महत्तोले तीन चौकाको मदतमा २५ रन बनाइन् । उनी २० औं ओभरमा रन आउट भएकी थिइन् । कविता कुँवर १३, सम्झना खड्का ४ रनमा आउट हुँदा कप्तान इन्दू बर्माले रनको खाता नै खोल्न सकिन्न् । त्यस्तै रुबिना क्षेत्री ८ बनाएर रन आउट भइन् । पाकिस्तानका लागि सादिया इकबालले दुई तथा फातिमा सानाले एक विकेट लिए । प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। अहिलेसम्म समूह चरणका एकएक खेल सम्पन्न भइसकेका छन्। समूह ‘ए’मा समान दुई अंकसहित भारत र नेपाल पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र यूएईले खाता खोल्न सकेका छैनन्। आज नै भएको समूह एको खेलमा भारतले युएईलाई ७३ रनले पराजित गरेका छ ।समूह ‘बी’मा श्रीलंका र थाइल्याण्ड दुई अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने बंगलादेश र मलेसियाले खाता खोल्न सकेका छैनन्।समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?