प्रहरी जवान करिश्मा मृत्यु प्रकरणमा अर्का जवान पक्राउ

प्रहरी जवान करिश्मा मृत्यु प्रकरणमा अर्का जवान पक्राउ

अर्थ चौतारी

प्रहरी जवान करिश्मा मृत्यु प्रकरणमा अर्का जवान पक्राउ

A A- A+

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान करिश्म सुनारको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको वैद्यनाथ गाउँपालिका वडा नम्बर–२ घर भएका २७ वर्षीय पुष्कर थापा मगर छन् ।थापा मगर पनि प्रहरी जवान हुन् । हुम्लामा कार्यरत थापामगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको सिराहाका एसपी रमेश पण्डितले रातोपाटीलाई बताए । ३१ जेठमा करिश्मा जिल्ला प्रहरी कार्यालय सिराहाको महिला सेल स्थित बाथरुमको सावरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् करिश्माले मोबाइल सहितका विद्युतीय उपकरण चेकजाँच गर्दा पुष्करले दुरुत्साहन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी पण्डितले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?