‘अबको १० वर्षमा मान्छेभन्दा १० हजार गुणा बाठो एआई आउँछ’

‘अबको १० वर्षमा मान्छेभन्दा १० हजार गुणा बाठो एआई आउँछ’

अर्थ चौतारी

‘अबको १० वर्षमा मान्छेभन्दा १० हजार गुणा बाठो एआई ...

A A- A+

टोकियो । जापानी बहुराष्ट्रिय लगानी कम्पनी सफ्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मासायोशी सनले अबको १० वर्षमा मान्छेभन्दा १० हजार गुणा बाठो कृत्रिम बौद्धिकता (एआई) आउने बताएका छन् । उनले शुक्रबार सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा यस्तो बताएका हुन् ।त्यतिबेला उनले आफ्नै जीवनको उद्देश्यमाथि पनि प्रश्न उठाएका थिए । भविष्यमा संसार कृत्रिम अति बुद्धिमान (एएसआई) हुने उनको भनाइ छ ।उनले आगामी तीनदेखि पाँच वर्षभित्र सुरुमा आउने जनरल एआई (एजीआई) मान्छेभन्दा १ देखि १० गुणा बढी बाठो हुने  बताएका थिए । एजीआई मान्छेभन्दा धेरै बाठो नभए हामीहरूले जीवन यापनको शैली र मानव जीवनको संरचना फेर्न जरुरी नहुने उनको भनाइ छ ।तर एएसआईको मामिला बिल्कुल फरक रहेको र यसमा व्यापक सुधार देख्न सकिने उनी बताउँछन् । उनले मानव मस्तिष्कमा भएका न्यूरोन्सले जस्तै एएसआईका विविध मोडलहरूले कसरी एक अर्कासँग अन्तरक्रिया गर्छन् भनेर व्याख्या पनि गरेका थिए ।यसले एआईलाई कुनै पनि प्रतिभावान् मान्छेभन्दा १० हजार गुणा बाठो बनाउने बताइएको छ । सन सफ्ट बैंकका संस्थापक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?