‘रंगी’ को नयाँ गीत ‘तिम्रै संसारमा’ सार्वजनिक

‘रंगी’ को नयाँ गीत ‘तिम्रै संसारमा’ सार्वजनिक

अर्थ चौतारी

‘रंगी’ को नयाँ गीत ‘तिम्रै संसारमा’ सार्वजनिक

A A- A+

अमीर के.सी,काठमाडौं:-चलचित्र ‘रंगी’ को नयाँ गीत ‘तिम्रै संसारमा’ आज (२० जनवरी) सार्वजनिक भएको छ। गीत ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।

सञ्चारकर्मी तथा दर्शकहरूबीच चर्चा बटुल्दै आएको ‘रंगी’ आगामी फागुन २ (फेब्रुअरी १४) मा प्रदर्शन हुने तयारीमा छ। यसअघि सार्वजनिक टिजरले राम्रो प्रतिक्रिया पाइरहेको बेला ‘तिम्रै संसारमा’ गीतले थप उत्साह जगाउने अपेक्षा गरिएको छ।

भिम बिसी र राजाज्ञा श्रेष्ठको आवाजमा रहेको गीतलाई दर्शकले निकै मन पराइरहेका छन्। सुरेश न्यौपानेको निर्देशनमा बनेको चलचित्र ‘रंगी’ मा अभिनेता सालोन बस्नेत, मिस नेपाल वर्ल्ड २०२० विजेता नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको अभिनय रहेको छ। फिल्म बुबा-छोरीको सम्बन्धको संवेदनशील कथामा आधारित रहेको बताइन्छ।
https://youtu.be/3L5ffqatTBU?si=gheeP-oLKbv2jmKc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?